spot_img

शान्तिपूर्ण आन्दोलनका लागि दलित समुदाय तयार रहनुस् ः दाहाल

spot_img

तिलोत्तमा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्तिपूर्ण आन्दोलनका लागि दलित समुदायलाई तयारी अवस्थामा रहन अपिल गरेका छन् । राष्ट्रिय दलित पत्रकार महासंघको प्रथम राष्ट्रिय महाधिवेशनलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै उनले आफू दलित समुदायको ऋणी भएको बताए ।बुटवलमा शुक्रबार दलित पत्रकार महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल ।

‘दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन,’ उनले भने, ‘त्यसैले अब पुनः प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।’दाहालले स्व. गिरिजाप्रसाद कोइराला र आफूले संयुक्त रूपमा जारी गरेको १२ बुँदे सहमतिका आधारमा आएको संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपूर्ण क्रान्तिबाट पाखा लगाउने बताए । नेकपा खारेज गरी एमाले र माओवादी केन्द्र ब्युँताइएको प्रसंगमा उनले आमाको कोखबाट जन्मिएको बच्चालाई पुनः गर्भमा लैजाने तरिका गलत भएको उल्लेख गर्दै त्यस्ता कुराको कुनै तुक नरहेको जनाए ।

दलित अगुवाले साथ दिएर अघि बढेको राष्ट्रियता, स्वाधीनता र संविधानको संरक्षणका लागि दलित पत्रकारले कलम चलाउनुपर्नेमा दाहालले जोड दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img