सर्वोच्च अदालता नयाँ न्यायाधीशका लागि दुई जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुँडाल रहेका छन् ।आज बसेको न्यायपरिषद् बैठकले उनीहरुलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।सुवेदी उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश छन् भने चुँडाल वागमतीका मुख्य न्यायाधीश हुन् । सर्वोच्च अदालतमा दुई न्यायाधीश रिक्त थिए ।