spot_img

“भाष्करका फाेटाेहरूकाे कुनै मुल्य छैन,अमुल्य र जिवन्त छन् “

spot_img

सुर्खेत, युवा साइकलयात्री रामचन्द्र वस्नेत ( भाष्कर ) को एकल फोटो प्रदर्शनी सुरू भएको छ । कर्णाली उत्सवको अवसरमा सुर्खेतको बुलबुले उद्यानमा उनले खिचेका फोटोहरू प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा हेर्न आउने हजाराैँले फाेटाेहरू हेर्छन्,कति राम्राे फाेटाे भन्दै नजिक पुग्छन् । अनि साेध्छन् यसकाे मुल्य कति हाे ? तर भाष्करसँग यसकाे कुनै जवाफ छैन । उनी भन्छन् “फाेटाे बेच्नका लागि हाेइन,हेर्नका लागि र पर्यटन प्रवर्दनका लागि मात्र हाे” । युवापुस्ताझ नयाँ साेच र जागरकाे विकास भएकाे भाष्करकाे भनाइ छ ।

 

ओझेलमा परेका कर्णालीका पर्यटकीय गन्तव्यलाई साइकलमा यात्रा गर्दै क्यामेरामा कैद गरेका सुन्दर तस्बिरहरू प्रदर्शनीमा राखेका हुन् । उनका ती सबै फोटोहरू साइकल यात्राको दौरान खिचिएका हुन् । उत्सवमा कर्णालीका जीवनशैली, तालहरू (दुधकुण्ड, जगदुल्ला, राक्साल, ठूलो पाल्ता ), हिमश्रृङ्खला ( काङछेन मेनरी राल्वा, टाङटुङ्गे ) गाउँवस्ती, साइकल मार्गलगायत भु–दृश्यका फोटाहरू समावेश रहेका छन् ।

भाष्करको फोटो प्रदर्शनीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र पर्यटन मन्त्री नन्द सिँह बुढाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री र पर्यटनमन्त्रीले भाष्करको काम र प्रयासको प्रशंसा गरेका थिए । साइकलमार्फत कर्णालीमा ओझेल परेका विभिन्न पर्यटकीय गन्तव्यलाई क्यामेरामार्फत नेपाललाई चिनाउ भाष्करले प्रदर्शनी गर्न लागेको बताए ।

कर्णालीको दुर्गम जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका–६ निवासी २३ वर्षे भाष्कर साइकल यात्री तथा ट्रेकिङ गाइड हुन् । कोरोना महामारी बिच लकडाउन भरि उनले नुवाकोट(रसुवामा पर्ने फिकुरी ट्रेक, डोल्पालगाएत कर्णालीका अधिकांश ठाउँमा साइकल डौडाएर महिनौं बिताए ।

लुकेका र ओझेल परेका हिमाल, पहाड, तराईका विभिन्न भू–भाग तथा पदमार्गमा उनी साइकल चढेरै अवलोकन तथा अध्ययन गर्छन् । उनले साइकल यात्राका क्रममा खिचेका फोटो र भिडियोको माध्यमबाट पर्यटन प्रवर्धन गर्छन् । फोटोग्राफीका शौखिन उनी साइकलकै माध्यमबाट विकट पहाडदेखि सुगमका कुना काप्चा चहार्छन् । साइकल चढेर खिचिएका फोटोमार्फत उनी नेपालको पर्यटन प्रवर्धनमा निस्वार्थ खटिरहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img