spot_img

माओवादी केन्द्र बैठक ः नाम परिवर्तनदेखि अनुशासन कारबाहीसम्मका एजेन्डामा छलफल जारी

spot_img

काठमाडौँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार पनि जारी छ । आइतबार सुरु भएको बैठकको दोस्रो दिन विभिन्न एजेन्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जका तर्फबाट रिपोर्टिङ, छलफल, सुझाव र टिप्पणी, विधान, संगठनात्मक काम र पार्टी अनुशासन कारबाही, कार्यकर्ता भेला, पार्टीको नाम परिवर्तनसहित कम्युनिस्ट पार्टीबीच एकतासम्मका एजेन्डा पेस भएका थिए ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठले वर्तमान राजनीतिक परिस्थितिबारे र सात प्रदेशका इन्चार्जले सांगठनिक अवस्थाबारे रिपोर्टिङ गरेका थिए पार्टी अनुशासनको एजेन्डाअन्तर्गत एमालेमा रहने निर्णय गरेका माओवादी नेताहरूलाई कारबाहीको विषयमा पनि बैठकले निर्णय लिने बताइएको छ । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायत नेताले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने निर्णय गरेपछि उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउने स्थायी कमिटी बैठकको निर्णय थियो ।

साथै माओवादी केन्द्रका तर्फबाट संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय पनि बैठकले गरेको थियो । एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने पनि बैठकको निर्णय थियो । स्थायी कमिटीको उक्त निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।बैठकको अर्को एजेन्डा पार्टीको नाम परिवर्तन रहेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँत्याइदिएलगत्तै माओवादी केन्द्रभित्र नाम परिवर्तनको विषयले प्रवेश पाएको हो । मंगलबार र बुधबार बसेको स्थायी कमिटी बैठकमा नाम परिवर्तनको विषयमा अनौपचारिक छलफलसमेत भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img