spot_img

प्रधानमन्त्रीको चियापान नेपाल समूहले बहिष्कार गर्ने

spot_img

काठमाडौँ, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चियापान समारोहमा पार्टीको माधव नेपाल समूह नजाने भएको छ।ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज (मंगलबार)बिहान ११ बजे चियापान कार्यक्रम आयोजना गरेका छन्।चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको छ। तर सो चियापान कार्यक्रम माधव नेपाल पक्षले भने बहिष्कार गर्ने भएको हो।

‘प्रधानमन्त्रीको चियापानमा नजाने भन्ने औपचारिक निर्णय त भएको छैन, तर हामीहरु कोही जाँदैनौँ होला’, नेपाल समूहका एक नेता भन्छन्।पार्टीमा केपी ओलीले एकलौटी गर्न खोजेको आरोप लगाउँदै नेपाल समूहले बुधबार कार्यकर्ता भेला बोलाएको छ।सोही भेलाको बारेमा जानकारी दिन मंगलबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img