सुहाना भन्छिन्–‘निखारिएपछि बाहिरी टिमको फिल्म गर्छु’

नायिका सुहाना थापाले चलचित्र ‘डिसेम्बर फल्स’को प्रस्ताव स्विकार गरिनन् । बरु, उनी आफ्नै ब्यानरमा बनिरहेको चलचित्र ‘ए मेरो हजुर ४’मा नै व्यस्त छिन् । पहिलो चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि सुहानाको अभिनयको सर्वत्र प्रशंसा भयो । यसपछि, उनलाई बाहिरी ब्यानरको चलचित्रबाट पनि अफर नआएको होइन । तर, सुहानाले आजसम्म बाहिरी ब्यानरका चलचित्रमा मन बनाएकी छैनन् ।

के सुहानाले घरकै चलचित्रमा मात्र आफूलाई अगाडि बढाउने हुन् त ? प्रश्नमा उनले भनिन्–‘मसँग मलाई निकै साथ दिने टिम छ । मसँग मेरो आमा हुनुहुन्छ । उहाँहरुका अनुसार, हामी अहिले बच्चा नै छौ । आफ्नै ब्यानरमा निखारिएर बलियो भएपछि मात्र बाहिर काम गर्नुपर्छ भन्ने सोच छ ।’सुहानाले अहिले आफू आफ्नै घर भित्रको ब्यानरमा काम गरेर निखारिने क्रममा रहेको बताइन् । उनले भनिन्–‘जब म निखारिन्छु, यसपछि बाहिरी ब्यानरमा काम गर्छु ।’ सुहानाले निर्देशक झरना थापाले आमा भनेर आफूलाई अभिनयमा छुट नदिएको पनि बताइन् । भनिन्–‘एकपटक छायांकनमा आएर हेर्नुहोस् न, कती कडा हुनुहुन्छ ।’सुहानाले नायक अनमोल केसीसँग जोडी बाँधेर अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’ आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुँदैछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

काठमाडौं महानगरमा आइतबारदेखि विद्यालय खुल्ने

काठमाडौं, काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख...

को बन्दैछ एकीकृत समाजवादीको महासचिव ?

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले बिहीबार महासचिवको टुंगो लगाउने भएको छ। मंगलबारदेखि जारी केन्द्रीय कमिटीको बैठक महासचिव चयनका लागि एक दिन थप भएको हो। प्रचार...

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले...

हैदरावादलाई हराउदै दिल्ली शीर्ष स्थानमा

काठमाडौं,  इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले सहजै पराजित गरेको छ । सातौं जितपछि दिल्ली...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!