spot_img

राजनीतिलाई नयाँ मोड दिने निर्णय लिन प्रचण्ड शान्त ठाउँ खोज्दै सिन्धुली

spot_img

काठमाडौं,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै निर्णय लिनका लागि शान्त ठाउँमा पुग्ने गर्छन् । उनी विशेषगरी पूर्वतिरको शान्त ठाउँमा पुगेर महत्वपूर्ण निर्णय लिने तयारी गर्छन् । देशको राजनीतिलाई नयाँ मोड दिने निर्णयका लागि उनी एकान्तवास खोज्ने गर्छन् ।यसपटक प्रचण्ड सिन्धुलीतिर पुगेका छन् । उनी सिन्धुलीस्थित हरिबोल गजुरेलको गाउँ पुगेका छन् । त्यहाँ उनी रिफ्रेश हुन पुगेका हुन् । यसपटक प्रचण्डले एकान्तमा गम्भीर चिन्तन गरेर निर्णयको तयारी गर्न लागेका हुन् ।

सत्ता समिकरणको गृहकार्य चलिरहँदा प्रचण्ड शहरको कोलाहालबाट टाढा शान्त ठाउँमा पुग्नुलाई अर्थपूर्ण मानिएको छ । उनले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन कठोर निर्णय लिन लागेको बुझिएको छ ।प्रचण्डले ओलीको बर्हिगमनका लागि काँग्रेस या जनता समाजवादी पार्टीबाट निर्णय भई आउने नेतालाई सघाउने वचन दिइसकेको बुझिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img