spot_img

परीक्षा चलिरहेकै बेला सीटीईभीटीको प्रश्नपत्र आउट, पाँच जना पक्राउ

spot_img

जनकपुरबाट सीटीइभीटीको प्रश्नपत्र आउट गर्ने पाँच जना पक्राउ परेका छन्।परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न फोटोकपी सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेर अनुुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।उनका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित मुरली चोक र भैरव चोकबाट फोटोकपी सञ्चालकसहित पाँच जना रहेका छन् ।

सीटीईभीटीअन्तर्गत नर्सिङ तथा ओभरसियर लगायतको परीक्षाको प्रश्नपत्र आउट गर्नेलाई पक्राउ गरेको उनले बताए।परीक्षा सञ्चालन भइरहेकै क्रममा प्रश्नपत्र आउट भएको प्राप्त सूचनाको आधारमा छापामार्दा उनीहरू पक्राउ गरिएको हो।पक्राउ पर्नेमाथि थप अनुसन्धान गरिरहेको उनले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img