spot_img

रमेश बडाल महान्यायाधीवक्तामा सिफारिस

spot_img

  काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधीवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेका छन्।आज महान्यायाधीवक्ताबाट अग्नि खरेलले राजीनामा दिएपछि बडालको नाम सिफारिस गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।’हो खाली भएको महान्यायाधीवक्तामा रमेश बडालालाई सिफारिस गरेर राष्ट्रपतिकहाँ प्रधानमन्त्रीले पठाउनु भएको छ। सायद आइतबार उहाँको शपथ हुन्छ,’ उनले भने।

खरेलले शुक्रबार पत्रकार सम्मेलन गरेर राजनीतिमा फर्किन आफूले महान्यायाधीवक्ताबाट राजीनामा दिएको बताएका थिए।तीन वर्षको राजनीतिक जीवनको विश्रामपछि मेरो अन्तस्करणले मलाई साविककै कामलाई निरन्तरता दिन उत्प्रेरित ग¥यो। त्यही भूमिकामा क्रियाशील हुनुपर्ने दायित्वबोध पनि भयो’, उनले भनेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यूसँगको परामर्शमा नै मैले स्वेच्छापूर्वक यो जिम्मेवारीबाट बिदा लिएको हुँ।’८ फागुन २०७४ मा महान्यायाधीवक्ता पदमा नियुक्त भएका खरेलले राजीनामा दिँदै १० बुँदाको भाषणसमेत गरेका छन्।महान्यायाधीवक्ता भनेको सरकारको मुख्य कानुनी सल्लाहकार हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img