काठमाडौं ः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले बालुवाटारमा बोलाउँदैमा लुरुलुरु नजाने बताएका छन्। राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी स्वाभिमानी मान्छे हौँ। ओलीले बोलाउँदैमा बालुवाटार बैठकमा जाँदैनौँ।’ उनले ओलीले राखेको संसदीय बोर्डको बैठकमा पनि नबस्ने जिकिर गरेका छन्।
‘हामी दुई बबुरोलाई संसदीय बोर्डमा राखेको रहेछ। उहाँले राख्दैमा प्रभु भन्दै जाने पक्षमा छैनौँ। संसदीय बोर्डमा पनि बस्दैनौँ’ उनले भने, ‘संसदीय दलको बैठक बालुवाटारमा होइन। संसदीय दलको कार्यालय छ। त्यहाँ बैठक राखे जान्छौँ। पार्टीको बैठक निजी निवासमा राखे जाँदैनौँ।’उनले पार्टी एकतालाई जीवित राख्नका ओली २०७५ जेठ २ मा फर्किनुपर्ने उनले बताए। ‘हामी एकताको पक्षमा छौँ। वामपन्थी सरकारलाई निरन्तरताको पक्षमा लागिरहेका छौँ। पार्टीभित्र सही विचार र राम्रो पार्टी निर्माणका लागि जुटिरहेको छौँ’ उनले भने।