spot_img

वरिष्ठ नेता नेपालसहित पाँच नेतालाई स्पष्टीकरण लिने एमालेको निर्णय

spot_img

काठमाडौं, प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँचजना नेतालाई स्पष्टीकरण लिने निर्णय गरेको छ । नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण लिने निर्णय गरेको हो ।उनीहरूमाथि पार्टी हितविपरीत काम गरेको आरोप लगाइएको छ ।

बैठकमा अध्यक्ष केपी ओलीले पार्टीमा गुटबन्दी अस्वीकार्य हुने बताएका थिए। पार्टी विधानअनुसार नचलेको भन्दै नेपाल–खनाल पक्षले बैठक बहिष्कार गरेको थियो ।विधानविपरीत भएको एकलौटी निर्णय खारेज हुनुपर्ने, पार्टीलाई एमालेको निर्वाचित कमिटीमा फर्काउनुपर्नेलगायतका माग नेपाल–खनाल समूहको छ । वरिष्ठ नेता झलनाथ खनाललाई स्पष्टीकरण लिने निर्णय नभएको बैठकमा सहभागी एक नेताले बताए ।बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हेरफेर गर्ने जिम्मेवारी अध्यक्ष केपी ओलीलाई दिएको छ ।संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img