spot_img

एमाले संसदीय दलको संशोधित विधान पारित

spot_img

काठमाडौं, नेकपा एमाले संसदीय दलको बैठकले दलको विधान २०७७ पारित गरेको छ । बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा विधान संशोधनका लागि गठित विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो ।‘आजबाट नेकपा एमाले संसदीय दलको विधान २०७७ पारित भएको छ’, प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संशोधित विधानमा दुई सदनात्मक व्यवस्था राखिएको छ । उक्त विधान शनिबारै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने तयारी गरेको छ ।

कृष्णभक्त पोखरेल, वामदेव गौतम, विमला विक, लगायत १० जना सांसदले धारणा राखेका थिए ।विधानमा संविधान, एमालेको विधान र संसदले पास गरेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार तादम्यता मिल्ने गरी संशोधन गरेको कार्यदलले जनाएको छ ।त्यस्तै संशोधित विधानमा दलको संसदीय बोर्ड २७ सदस्यीय रहेकोमा अव २९ सदस्यीय हुने बनाएको छ । त्यसैगरी दलको उपनेता दलको नेताले नै मनोनयन गर्ने व्यवस्था गरिएको मुख्य सचेतक भट्टराईले जानकारी दिए । संसदीय दलको बैठकमा माधव पक्षका ३८ जना सांसदले दलको बैठक विधि सम्मत नभएको भन्दै ध्यानाकर्षण गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img