“२८ ओटा कानुन पारित गर्दै सकियाे,ठुलीभेरी नगरपालिकाकाे छैठाैँ नगरसभा” ( फाेटाेफिचर र पारित कानुन सहित )
डाेल्पा, डाेल्पाकाे ठुलीभेरी नगरपालिकाकाे छैठाैँ नगरसभा शनिबार नगरपालिकाकाे केन्द्र जुफालमा सम्पन्न भएकाे छ । शुक्रबार देखि शुरूभएकाे नगरसभा २ दिनसम्म चलेकाे थियाे भने सबै जनजसाे प्रतिनिधिकाे समेत उपस्थिति रहेकाे थियाे । नगरसभाकाे उद्घाटन गर्दै नगर प्रमुख गणेश वहादुर शाहिले “संमृद्द नगर,सुखि नगरबासी”काे मुल नारालाइ साकार पार्न लागि परिरहेकाे बताउनुभयाे । नगरपालिकाकाे “संमृद्द नगर,सुखि नगरबासी”काे नारालाइ सफल पार्नमा प्रतिवद्द भएर लाग्न कर्मचारी र जनप्रतिनिधिलाइ आग्रह समेत गर्नुभयाे ।

नगरसभामा २८ विधायनहरू प्रस्तुत गरिएकाे र विकासका गतिविधिबारे छलफल भएकाे थियाे । ८ ओटा ऐन नगरसभाबाट पारित भएकाे र १८ ओटा नियम,कार्यविधि र निर्देशिका कार्यपालिकाबाट पारित भएकाे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाेक वहादुर रानाले जानकारी दिनुभयाे । रानाका अनुसार नगरका उपमेयर याेगेन्द्रवहादुर शाहीकाे संयाेजकत्वमा विधायन समिति गठन गरिएकाे र ११ वटा वडा अध्यक्षहरूकाे संयाेजकत्वमा विधायन उपसमिति समेत गठन गरिएकाे थियाे ।



छैठौ नगरसभाबाट पारित भएका कानुनहरुः
१) ठुलीभेरी नगरपालिकाको स्वास्थ्य तथा सरसफाई नीति २०७७
२) ठुलीभेरी नगरपालिकाको स्वास्थ्य तथा सरसफाई ऐन २०७७
३) ठुलीभेरी नगरपालिकाको आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन २०७७
४) ठुलीभेरी नगरपालिकामा विपद जोखिम न्यूनीकरण तथा व्यवसथापन सम्बन्धी ऐन २०७७
५) ठुलीभेरी नगरपालिकाको सहकारी ऐन २०७५ ( प्रथम संशोधन )
६) ठुलीभेरी नगरपालिकाको आधारभुत तथा माध्यमिक शिक्षा ऐन २०७५(प्रथम संशोधन)
७) ठुलीभेरी नगरपालिकाको कृषि व्यवसाय प्रवर्द्धन ऐन २०७५(प्रथम संशोधन)
८) ठुलीभेरी नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७
नगरकार्यपालिकाबाट स्वीकृत गरिएका नियमावली¸ कार्यविधि¸ निर्देशिकाहरु¸ नियमहरु
१) ठुलीभेरी नगरपालिकाको सहकारी नियमावली २०७५(प्रथम संशोधन)
२) निजी जग्गाको ढुंगा, गिट्टी, वालुवा, माटो आदि उत्खनन, संकलन तथा ढुवानी व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७७
३) ठुलीभेरी नगरपालिकाको जेष्ठ नागरिक परिचयपत्र वितरण निर्देशिका २०७७
४) ठुलीभेरी नगरपालिकाको जेष्ठ नागरिक सेवा तथा मिलनकेन्द्र सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७
५) ठुलीभेरी नगरपालिकाको नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाईसम्बन्धी कार्यविधि २०७७
६) ठुलीभेरी नगरपालिकाको सडक वालबालिकाको व्यवस्थापन खर्च कार्यविधि २०७७
७) ठुलीभेरी नगरपालिकाको गैरसरकारी संस्था समन्वय¸परिचालन तथा अनुगमन सम्बन्धी निर्दशिका २०७७
८) ठुलीभेरी नगरपालिकाको उपभोक्ता समिति गठन¸परिचालन तथा व्यवस्थापन सम्बन्धी २०७५(प्रथम संशोधन)
९) ठुलीभेरी नगरपालिकाको आपतकालिन कार्यसञ्चालन केन्द्र कार्यविधी २०७७
१०) ठुलीभेरी नगरपालिकाको आधारभुत तथा माध्यमिक शिक्षा नियमावली २०७५(प्रथम संशोधन)
११) ठुलीभेरी नगरपालिका अटो रिक्सा दर्तासम्बन्धी कार्यविधि २०७७
१२) ठुलीभेरी नगरपालिकाको मर्मत सम्भार कोष सञ्चालन कार्यविधी २०७७
१३) ठुलीभेरी नगरपालिकाको वालविवाह विरुद्ध कार्यक्रम सञ्चालन खर्च कार्यविधी २०७७
१४) ठुलीभेरी नगरपालिकाको उर्जा विकाससम्बन्धी निर्देशिका २०७७
१५) ठुलीभेरी नगरपालिका प्राईभेट फर्मको दर्ता¸अनुमति¸नविकरण¸खारेजी अनुगमन र नियमनसम्बन्धी कार्यविधी २०७७
१६) नगरकार्यपालिका(कार्यसम्पादन ) नियमावली २०७४
१७) ठुलीभेरी नगरपालिकाको निर्णय वा आदेश⁄अधिकारपत्रको प्रमाणिकरण (कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली २०७७
१८) ठुलीभेरी नगरपालिका अनुगमन तथा सुपरिवेक्षणसम्बन्धी निर्दशिका २०७७
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -