spot_img

“कोरोना भाइरस पनि एचआईभी जस्तै कहिले नहराउन सक्छ”डब्ल्यूएचओ

spot_img

कोरोना भाइरस संसारबाट कहिले पनि नहराउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ। सङ्गठनका आपत्कालीन मामिलाका निर्देशक डा. माइक राएनले कोरोनाभाइरस कहिले हराउँछ भन्ने विषयमा कुनै अनुमान नगर्न भनेका छन्। उनले खोप बनेपछि पनि भाइरसलाई नियन्त्रण गर्न निकै ठूलो प्रयत्न आवश्यक पर्ने बताए।

संसारभरि अहिलेसम्म कोरोना भाइरसका कारण तीन लाखभन्दा धेरै मानिसको मृत्यु भएको छ भने ४३ लाखभन्दा बढी संक्रमित भएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघले महामारीका कारण मानिसहरूमा व्यापक रूपमा मानसिक समस्या बढिरहेको बताएको छ। उसले सरकारहरूलाई मानसिक स्वास्थ्य एवम् मनोसामाजिक सहयोगलाई समेत महामारीसँग जुझ्ने योजनामा सामेल गर्न आग्रह गरेको छ।

डा. राएनले बुधवार इन्टरनेट मार्फत गरीएको प्रेस सम्मेलनमा बोल्दै भने, ’यो कुरा थाहा हुनु आवश्यक छ ( कोरोनाभाइरस हाम्रो समुदायमा रहिरहने अर्को भाइरस बन्न सक्छ र यो कहिल्यै नहराउन पनि सक्छ।’’एचआईभी हराएको छैन तर हामीले त्यससँग रहन सिकेका छौँ।’

उनले भने,’कसैले यो भाइरस हराउने समय अनुमान गर्न सक्ने’ अवस्था नरहेको बताए। अहिले संसारमा १०० भन्दा बढी सम्भावित खोपहरू विकास भइरहेका छन् तर डा. राएनले खोप भएका कतिपय रोगहरू अझै पनि नहराएका उदाहरण दिए।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार प्रयत्न गरे यो भाइरसलाई नियन्त्रण गर्न सकिने बताएका छन्। उनले भने, ’यो कुरो हाम्रो हातमा छ र यो सबैको सरोकारको कुरो हो। हामी सबैले यो महामारी रोक्न सहयोग गर्नुपर्छ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img