spot_img

माओवादी केन्द्रद्वारा नेकपा एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने तयारी

spot_img

काठमाण्डौ, नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारी गरेको छ ।सर्वोच्चको फैसला राजनीतिक पूर्वाग्रही भएकाले यसको पुनरावलोकनका लागि निवेदन दिने तयारी भएको माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले जानकारी दिनुभयो । संसदीय दलको कार्यालय सिंहदरबारमा यसबारे आज पनि माओवादी केन्द्रका अध्यक्षसहितका नेताहरुले कानुन व्यवसायीहरूसँग छलफल गरेका छन् ।

नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले दायर गरेको मुद्दामा सर्वोच्चले गएको फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो । यो निर्णय राजनीतिक पूर्वाग्रहले भएको माओवादी केन्द्र र एमालेको खनाल–नेपाल समूहले बताउँदै आएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img