spot_img

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो,नेपालमा संक्रमितको संख्या २४९ पुग्याे

spot_img

काठमाडौं,विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार ७० जना पुगेको छ। यो समाचार तयार गर्दा सम्मको तथ्यांक अनुसार विश्वभर कोरोनाबाट ४५ लाख २० हजार ६ सय ४९ संक्रमित भएको वर्ल्डओमिटरले जनाएको छ।

गएको २४ घण्टामा कोरोनाको कारण विश्वभर ५ हजार २ सय ९७ जनाको मृत्यु भएको छ भने ९४ हजार ९ सय ९४ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्मको तथ्यांकअनुसार १७ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्। २५ लाख १६ हजार भन्दा धेरै संक्रमित उपचारको क्रममा छन्। जसमध्ये ४५ हजार ५ सय ६६ जना बिरामीको अवस्था गम्भीर छ।

गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा कोरोना संक्रमणबाट १ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ८६ हजार ८ सय ९२ पुगेको छ भने संक्रमितको संख्या १४ लाख ५६ हजार नाघेको छ। हिजो एकै दिन त्यहाँ झण्डै २६ हजार नयाँ संक्रमित थपिएका छन्।

त्यसैगरी ब्राजिलमा बिहीबार ८ सय ३५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या झण्डै १४ हजार र संक्रमितको संख्या २ लाख नाघेको छ। संक्रमण फैलिने क्रम त्यहाँ तीब्र बनेको छ। हिजो एकै दिन त्यहाँ १३ हजार ७ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। बेलायतमा मृतकको संख्या ३३ हजार ६ सय १४ पुगेको छ भने इटालीमा ३१ हजार भन्दा धेरै, स्पेन र फ्रान्समा २७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ।

बिहीबार स्पेनमा २१७, बेलायतमा ४२८, इटालीमा २६२, फ्रान्समा ३५१, क्यानाडामा १७०, मेक्सिकोमा २९४ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी भारतमा गएको २४ घण्टामा ९८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या २ हजार ६ सय ४९ पुगेको छ भने संक्रमितको संख्या ८१ हजार ९ सय ९७ पुगेको छ।

भारतमा बिहीबार एकै दिन ३ हजार ९ सय ४२ जना संक्रमित भएका छन्। अहिलेसम्म त्यहाँ २७ हजार ९ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन्। भारतमा ५१ हजार ३ सय ७९ जना उपचारको क्रममा छन्। नेपालमा हालसम्म २ सय ४९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।

बिहीबार साँझ थप थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि विहीबार एकै दिन ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २, कपिलवस्तु, नवलपरासी पूर्व, धनुषा र धादिङका १ र १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, चन्द्रागिरि नगरपालिकाका ३२ वर्षका पुरुष, धनुषा निवासी १७ वर्षीय महिला, कपिलवस्तुकी ६ वर्षीया बालिका, धादिङ निवासी ३० वर्षीया महिला र नवलपरासीका ४९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । कपिलवस्तु घर भएकी ६ वर्षकी बालिका काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img