spot_img

ओलीलाई माधव नेपालको प्रतिप्रश्न, ‘तपाईँलाई नै प्रचण्डको सबैभन्दा मतियार किन नभन्ने ?

spot_img

काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफसहित प्रतिप्रश्न गर्नुभएको छ । अध्यक्ष ओलीको निर्देशनमा पार्टी कार्यालयले पठाएको स्पष्टीकरणको जवाफमा वरिष्ठ नेपाल माधवकुमार नेपालले ओलीमा अहङ्कार भरिँदै गएको र पहिले नेकपा तथा अहिले एमाले फुटाउन लागिपरेको आरोप लगाउनुभएको छ ।

देशको संविधान नै मिच्ने ओलीलाई पार्टीका विधान मिच्नु सामान्य जस्तै भएको आरोप लगाउँदै नेता नेपालले नवौँ महाधिवेशनबाट निर्वाचित भइ आएका पदाधिकारी हटाएर मनलाग्दी नयाँ केन्द्रीय सदस्य थप्ने अधिकार कहाँबाट पाउनुभयो ? भनेर सोध्नुभएको छ । आफूलाई ओलीले प्रचण्डको मतियार बनेको भन्दै स्पष्टीकरण सोधिएपछि नेता नेपालले प्रधानमन्त्री ओलीलाई नै प्रचण्डको मतियार किन नभन्ने ? भनेर प्रश्न गर्नुभएको छ ।

नेपालले सोध्नुभएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान र नीति विपरीत तपाईँले त्यस प्रकार अनधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रूपमा भएका काम र तपाईँ स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईँको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने ? यदि तपाईँको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईँ नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन ।’

नेता नेपालले प्रचण्डले नेकपाको बैठक बोलाउँदा पार्टी फुटाउने धम्की दिएर गएको साउन÷भदौतिरै ओलीले पार्टी फुटाउन खोजेको पनि आरोप लगाउनुभएको छ । पार्टीका बैठकमा भएका निर्णय कार्यान्वयन गर्नुको साटो कात्तिक महिनाको सुरुमा भारतीय गुप्तचर संस्थाका प्रमुखलाई रातारात बालुवाटारमा भेटेकोमा पनि नेता नेपालले आपत्ति जनाउनुभएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img