spot_img

सरकारले प्रतिबन्ध हटायो तर पक्राउ परे विप्लवका कार्यकर्ता

spot_img

काठमाडाैँ,सरकारसँग सहमति भइसकेपछि पनि आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ।सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति उल्लंघन गर्दै ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु ‘सक्कल’ लाई गिरफ्तार भन्दै विप्लव नेकपाको मेची–कोशी ब्यूरोले विज्ञप्ति निकालेर विरोध जनाएको हो।

लिम्बुलाई बिहीबार साँझ ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा पार्टी कामको शिलशिलामा हिडिरहेकाेबेला पक्राउ गरिएको विप्लवका मेचीकाली ब्यूरो इन्चार्ज प्रकाशले बताएका छन्।‘एकातर्फ जेलका बन्दीहरुलाई समयमै रिहा गर्न नसकेको बताइरहेको सरकारले यसरी हाम्रो पार्टीका कमरेडहरुलाई गिरफ्तार गर्नुले वर्तमान सरकारको नियतप्रति आशंका गर्ने अवस्था सरकार स्वयंले पैदा गरेको छ’ विज्ञप्तिमा भनिएको छ।उनलाई पक्राउ गर्नुले सहमतिप्रति सरकारको इमानदारितामा प्रश्न उठेको तत्काल रिहाइको माग गरिएको छ।पार्टी प्रतिबन्धकै अवस्थामा रहँदा लिम्बुमाथि लागेको हातहतियार, खरखजना मुद्दाको शिलशिलामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img