काठमाडाैँ,नेकपा एमाले डोल्पाका संस्थापक तथा वर्तमान अध्यक्ष दत्तबहादुर राेकायाकाे पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिएकाे छ । पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा राेकायाकाे अन्तिम संस्कार गरिएकाे हाे ।
राेकायाकाे उपचारकाे क्रममा पाटन अस्पताल ललितपुरमा निधन भएकाे थियाे । अन्तिम बिदाइमा डाेल्पाली नेता कार्यकर्ता र एमालेका कर्णालीका नेता र डाेल्पाबासीकाे उपस्थिति रहेकाे थियाे । लामाे समय देखि दमकाे राेगबाट ग्रसीत राेकायालाइ केहिदीन अघिमात्रै उपचारकाे क्रममा पाटन अस्पतालमा लगिएकाे थियाे । अन्तिममा काेराेना समेत भेटिएकाे थियाे ।
सामाजिक संञ्जालमा डाेल्पाका नेता,कार्यकर्ता र बुद्दिजिवीहरूले डाेल्पाली राजनीतिमा एक कुशल,निस्ठावान,इमान्दार र त्यागि नेताकाे मृत्युकाे खवरले स्तब्ध बनाएकाे र डाेल्पाकाे राजनीतिमा ठुलाे क्षेति पुगेकाे बताएका छन्। उहाँ एमाले पार्टीका केन्द्रिय सदस्य समेत हुनुहुन्थ्याे ।




















