काठमाडाैँ,मगर तिछुरोङ्के भाषाको १ दिने वर्ण पहिचान गोष्ठी काठमाडाैँमा शुक्रबार सम्पन्न भइकाे छ । नेपालका आदिबासि मगरहरुले बोल्ने मगर मातृभाषा मगर ढुट, मगर खाम र मगर काईके गरि ३ वटा भाषाहरु रहेकोमा पछिल्लो पटक अठार मगराँत क्षेत्र अन्तर्गत डोल्पा जिल्लाकाे काइके गाउँपालिका (तिछुरोङ क्षेत्र) का मगरहरुले बोलिने दुइ वटा मातृभाषाहरु मध्य मगर ‘तिछुरोङ्के’ (भाषा) को वर्ण पहिचान सम्बन्धी गोष्ठीकाे आयाेजना गरिएकाे थियाे । ‘तिछुरोङ्के’ (भाषा) काइके गाउँपालिकाकाे ४ वडामा बाेलिने भाषा हाे ।

नेपाल मगर लेखक संघ केन्द्रिय समितीको आयोजनामा, नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनको प्रमुख आतित्थ्यता भाषाशास्त्रीहरु अ्मृत योन्जन, डा. तारामणी राई, पुर्ण रानामगर, कर्णबहादुर बुढामगर सल्लाहकार तथा संरक्षक लङ्कमान रोका, सन्जोग लाफा, वीनीता आले लगायतका अतिथिहरुको आतित्थ्यतामा मगर तिछुरोङ्के (भाषा) को वर्ण पहिचान गोष्ठि सम्पन्न भएकाे हाे ।

नेपाल मगर लेखक संघका बरिष्ठ उपाध्यक्ष जीवन प्रवेश मगरको स्वागत मन्तव्य र संघका उपाध्यक्ष जग बहादुर बुढा मगरको सञ्चालनमा सम्पन्न गोष्ठिमा नेपाल मगर संघ केन्द्रिय समितीका महासचिब ज्ञानेन्द्र पुन मगर ज्युले मगरहरुले बोल्ने ‘तिछुरोङ्के’ (भाषा) लाई भाषाविदहरुको सुझावको आधारमा मगर संघमा सुचिकृत गराउने प्रतिबद्दता पनि गर्नु भएको थियो । यसै गरी मगर भित्र रहेको विविधतालाई स्विकार गर्दै एकताका साथ अगि बढ्न मगर संघ सधैँ मगरहरुको हक र अधिकार प्रत्याभुतिको लागि परेको पनि बताउनु भयो ।

सोही गोष्ठिमा नेपाल मगर संघ संस्थापन सल्लाहकार लंकमान रोका मगर ज्युले मगर ‘तिछुरोङ्के’ (भाषा) विकास तथा संरक्षणको लागी आफुले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्दता गर्नुभयो । कार्यक्रमको अन्तमा नेपाल मगर लेखक संघ केन्द्रिय समितीका अध्यक्ष डा. बिष्णु कुमार सिन्जाली मगर ज्युले मगर भित्र रहेका विविध भाषा र संस्कृतीहरुको अध्ययन र अनुसन्धान गरी संरक्षण र सम्बद्दर्नको लागी नेपाल मगर लेखक संघ सधै लागी पर्ने बताउनु भयो ।


















