काठमाडौं, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतले गरेको फैसलामा विरोधाभास रहेको बताएका छन् । वृहत नागरिक आन्दोलनले काठमाडौंमा गरेको कार्यक्रममा दाहालले सत्तारुढ नेकपालाई अवैधानिक ठह¥याउने सर्वोच्चको फैसलाबारे टिप्पणी गर्दै फैसलामा विरोधसभा रहेको बताएका हुन् ।
बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन, राजनीति जतासुकै जाओस् ।’यद्यपि आफूले अवसको निकासबारे हिजो सडकमा भएकादलहरुबीच न्यूनमत सहमति होस्, सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर मात्र दाह्रा किटेर समर्थन कायम राखेको उनले बताए ।