पहाडमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै

आज फागूपूर्णिमाको दिन पहाडी भेगमा होली खेलेर हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौसहित पहाडी क्षेत्रभन्दा एक दिन पछिमात्रै तराईमा होली भव्यताका साथ मनाइने गरिएको छ। तराईमा भोलिमात्रै होली मनाइन्छ।फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ।फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजालिने गर्छन्। होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ।

काठमाडौंको वसन्तपुर दरबारअगाडि फागुन शुक्ल अष्टमीको दिन लिंगो गाडेपछि होली सुरुभएको मानिन्छ। होलीपर्व पूर्णिमाको दिन राति लिंगो ढालेर जलाएपछि सकिएको मानिन्छ। तर तराईका थारु समुदायमा होली तीनदिनसम्म मनाइन्छ ।अझ कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु र कठरिया समुदायले करिब पन्ध्रदिनसम्म होली धुमधामकासाथ मनाउने गर्छन् । होली पर्व सदभावको पर्व हो, वैरभाग नराखी स्वतन्त्रतापूर्वक मनाउने गरिन्छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

काठमाडौं महानगरमा आइतबारदेखि विद्यालय खुल्ने

काठमाडौं, काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख...

को बन्दैछ एकीकृत समाजवादीको महासचिव ?

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले बिहीबार महासचिवको टुंगो लगाउने भएको छ। मंगलबारदेखि जारी केन्द्रीय कमिटीको बैठक महासचिव चयनका लागि एक दिन थप भएको हो। प्रचार...

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले...

हैदरावादलाई हराउदै दिल्ली शीर्ष स्थानमा

काठमाडौं,  इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले सहजै पराजित गरेको छ । सातौं जितपछि दिल्ली...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!