काठमाडौं,सरकारले आगामी आर्थिक वर्षमा वीरगञ्ज काठमाडौं र रसुवागढी काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गरेको छ ।
शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७ र ७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भईसकेकोले अब निर्माणको प्रारम्भिक काम सुरु गर्ने बताएकी हुन् ।
नीति तथा कार्यक्रममा पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा ईनरुवा खण्डको निर्माणको पनि काम प्रारम्भ गर्ने उल्लेख छ । पूर्व पश्चिम रेलमार्गको एउटा बाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भईसकेको छ ।