काठमाडौं, संसदीय सुनुवाइ विशेष समितिमा सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका न्यायाधीश नहकुल सुवेदीविद्ध उजुरी परेको छ।सर्वोच्च अदालतको न्यायधीशमा नहकुल सुवेदी र कुमार चुडाल सिफारिस भएका थिए। केही दिनअघि संसदीय सुनुवाइ विशेष समितिले दुई न्यायाधीशविरुद्धउजुरी आह्वान गरेको थियो।
सुवेदीको सिफारिसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उजुरी दिएका हुन्। त्रिपाठीले सुवेदीले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुन न्यूनतम योग्यता नपुगेको दाबी गरेका छन्। उनले सुवेदी न्यायाधीशमा नियुक्त भए संवैधानिक सर्वोच्चताको गम्भीर उपहास हुने समेत बताएका छन्।
संविधानले कानूनमा स्नातक गरि उच्च अदालत मुख्य न्यायाधीश वा न्यायाधीश भइ कम्तीमा ५ वर्ष काम गरेको वा कानूनमा स्नातक गरि वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष काम गरेको हुनुपर्ने उल्लेख भएको भन्दै त्रिपाठीले सुवेदीले उच्च न्यायाधीशको रुपमा ३ वर्ष तीन महिना ३ दिन मात्रै काम गरेकोले यो मापदण्ड पूरा नगरेको दाबी गरेका छन्।