काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई एमाले अध्यक्ष केपी ओलीले कारवाही गरी ६ महिनाका लागि पार्टीबाट निस्काषण गरेपछि नयाँ दल खोल्ने विकल्प खुला भएको छ । एमालेभित्रै संघर्ष गरेर बस्ने कि नयाँ दल खोल्ने भन्ने दोधारमा रहेका नेपाललाई ओलीले पार्टीबाट ६ महिनाका लागि निष्काषण गरेसँग नयाँ दल खोल्ने विकल्प खुला भएको हो ।
ओलीले कारवाहीको डण्डा बर्षाएपछि नेपालको पहिलो प्रतिक्रिया थियो–‘अब केपी शर्मा ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइनेछ ।’ तर उनलाई त्यहीभित्र बस्न असजिलो भएको छ भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि भने ओलीले कारवाहीको डण्डा बर्षाएर नयाँ दल खोलेर बाहिररिन सजिलो बनाइदिएको बताइनछ ।