spot_img

महोत्तरीमा घाँस काट्न गएका सात बालिका सम्पर्क विहीन

spot_img

महोत्तरीमा घाँस काट्न गएका सातजना किशोरी सम्पर्क विहीन भएका छन् । महोत्तरीको भंगहा नगरपालिका वडा नं. ८ धर्मपुर पासमान टोलका सातैजना किशोरी वडा नं. ९ अजगेवा चौरी क्षेत्रमा मंगलबार घाँस काट्न गएका थिए ।उनीहरु साँझसम्म पनि घर नफर्किएपछि खोजिकार्य सुरु भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानियको सक्रियतामा मंगलवार साँझैदेखि उनीहरुको खोजबिन गरिएपनि हालसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन ।

सम्पर्क विहीन हुनेहरुमा वडा नं. ८ निवासी बद्री पासमानकी १८ वर्षीया छोरी अस्मिता पासमान, विष्णु पासमानकाी छोरी १३ वर्षीया छोरी ज्योती पासमान, अरविन्द पासमानकी १२ वर्षीया छोरी अर्चना पासमान, विजय पासमानकी १४ वर्षीया छोरी रंजना पासमान, ज्ञानकुप पासमानकी १५ वर्षीया छोरी रिया पासमान, कृष्ण पासमानकी १८ वर्षीया छोरी नगिना पासमान र देवनन्दन पासमानकी १० वर्षिया छोरी सिमा पासमान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले प्रहरीमा जानकारी आउनासाथ उनीहरुको खोजिकार्य सुरु गरिएको भएपनि हालसम्म उनीहरुको अवस्था पत्ता नलागेको बताए ।एसपी आचार्यले भने, ’विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ, उनीहरुको अवस्था के छ भन्ने सम्बन्धमा ठ्याक्कै अहिले केही भन्न सकिने अवस्था छैन, खोजि कार्य जारी छ ।’

अपडेट

बालिकाहरुको खोजबिन गर्दा उनीहरु भारतको सीतामढी रेलवे स्टेसनतर्फ लागेको अपुष्ट जानकारी प्राप्त भएको एसपी आचार्यले बताएका छन् । यद्यपी यसको अझै पुष्टि हुन सकेको छैन । उक्त रेलवे स्टेसन महोत्तरीको जलेश्वरबाट करिब ४० किलोमिटरको दुरीमा पर्छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img