spot_img

आज सर्वोच्चमा त्रिभुवन विश्वविद्यालयविरुद्ध सुनुवाई

spot_img

काठमाडाैँ,त्रिभुवन विश्वविध्यालय सेवा आयोगको कार्यालयले हालै गरेको प्राध्यापक,सहप्राध्यापक र उपप्राध्यापक पदहरुको विज्ञापन संविधानबमोजिम समावेशी नभएको भन्दै परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ ।प्राध्यापक कर्णबहादुर थापाले आयोगले प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदको लागि गरेको विज्ञापनमा समावेशिताको सिद्धान्त अवलम्बन नगरिएको भन्दै चैत ९ गते सर्वोच्चमा रिट निवेदन गरेका हुन् ।

थापाले प्रचलित ऐन,नियम, कानुन विपरीत विज्ञापन भएको उल्लेख गर्दै हालेको रिट निवेदनउपर आज हुने छलफलमा हाजिर हुन सर्वोच्च अदालतको रिट शाखाका कर्मचारीले हिजो कीर्तिपुरस्थित आयोग हातामा म्याद टाँस गरेका थिए ।त्यसैगरी,उक्त विज्ञापन यथाशीघ्र संशोधन गरी पुनः विज्ञापन गर्नुपर्नेलगायत ४ सूत्रीय माग राखी नेपाल समाजवादी विद्यार्थी संघलगायत चार वटा विद्यार्थी संगठनले सेवा आयोगमा तालाबन्दी गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img