spot_img

नेपालमा पहिलाे कोरोना स‌ंक्रमित सुत्केरी महिलाकाे मृत्यु

spot_img

काठमाडौँ — कोरोनाका कारण मुलुकमा पहिलोपटक एक सुत्केरीको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई बाह्रबिसेको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोमा चिकित्सकले धुलिखेल रिफर गरेका थिए ।

‘अस्पताल ल्याएको केही बेरमै उनको मृत्यु भएपछि शुक्रबार बिहान आरडीटी परीक्षण गर्दा कोरोना देखियो,’ धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुमन ताम्रकारले भने, ‘दुईपटक पीसीआर गरेर हेर्‍यौं, दुवैपटक पोजिटिभ देखियो ।’ त्यसपछि थप यकिन गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । यसको नतिजा पनि पोजिटिभ आएको थियो ।

‘कोभिड–१९ सँग सम्बन्धित परीक्षणपश्चात् नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना हो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयका अनुसार महाराजगन्जस्थित शिक्षण अस्पतालमा वैशाख २३ मा भर्ना भएकी ती महिला २४ गते सुत्केरी भएकी थिइन् ।

‘२५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर जानुभएको थियो, उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभयो,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा उपचारका लागि आउँदै गर्दा मृत्यु भएको हो ।’

मन्त्रालयले बाटैमा मृत्यु भएको भने पनि अस्पताल ल्याएको आधा घण्टापछि मृत्यु भएको उनका श्रीमान्ले दाबी गरेका छन् । ‘अस्पतालको गेटमा आउनेबित्तिकै उनलाई गाह्रो भयो, हतार गरेर इमर्जेन्सीमा पुर्‍यायौं,’ श्रीमान्ले भने, ‘डाक्टरले भेन्टिलेटरमा राख्नुभयो । पम्प दिनुभयो तर बचाउन सक्नुभएन ।’ बिहीबार राति १० बजे श्रीमतीको मृत्यु भएको उनले बताए ।

धुलिखेल अस्पतालमा दुईपटक पीसीआर गरेको रिपोर्ट आउँदा पनि मन्त्रालयले पुष्टि शनिबार अबेरसम्म पुष्टि भने गरेको थिएन । राति साँझ ८ बजेर ५० मिनेटमा मात्रै ती महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेको थियो । मन्त्रालयले पुष्टि नगरे पनि काभ्रे प्रशासनले भने कोरोना लागेकै व्यक्तिको अन्त्येष्टि गर्ने प्रक्रिया अपनाएर अन्त्येष्टि गर्न काठमाडौं पठाइसकेको थियो ।

मृतकको शव कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्य्विधि, २०७६ अनुसार गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सेना र प्रहरीको टोलीले स्कर्टिङ गरेर मृतक महिलाको शव अन्त्येष्टि गरेको बताए । ‘कार्य्विधिअनुसार सुरक्षाको विधि अपनाएका छौं,’ उनले भने । उनको अन्त्येष्टि गर्न आफन्त कोही थिएनन् । काभ्रेबाटै एम्बुलेन्समा स्वास्थ्यकर्मी, चालक, मृतकका श्रीमान् र शववाहन चालक आएका थिए ।

काठमाडौंको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा उनको अन्त्येष्टि गरिएको हो । शवदाह गृहमा अन्त्येष्टिमा खटिनेलाई पनि प्रशासनले पीपीई सेट पठाएको थियो । भक्तपुरको वीरदल गणले तयारी अवस्थामा राखेको निजी गाडीमा उनको शव ल्याइएको हो । सेना र प्रहरीको गाडीले महिलाको शव रहेको गाडीलाई स्कर्टिङ गरेका थिए ।

मृतक महिलाको परिवारकै स्वाब परीक्षण

धुलिखेल अस्पतालले मृतक महिलाका आफन्तको स्वाब निकालेर परीक्षण सुरु गरेको छ । अस्पतालले शनिबार दिउँसो मृतकका श्रीमान्, आमा, नन्द र १० दिनको बच्चाको स्वाब निकालेको हो ।

यसबाहेक उपचारमा प्रत्यक्ष संलग्न मेडिकल टिम र अस्पतालका अरू कर्मचारीसहित १० जना, इमर्जेन्सीमै रहेका बिरामी र कुरुवाको पनि स्वाब निकालेर परीक्षणका लागि पठाइएको छ । मृतकको परिवारलाई अस्पतालमै क्वारेन्टाइनमा राखिएको छ । अत्येष्टिमा खटिएका चालक, स्वाथ्यकर्मी र मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राखेको छ ।

धुलिखेल अस्पतालको कोभिड–१९ टाक्स फोर्सको ३ बजे स्काइपमा भएको बैठकले उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने र यसअघि नै आकस्मिक कक्षमा यसअघि गरेको सिललाई निरन्तरता दिने निर्णय गरेको थियो । बैठकमा काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजू र निर्देशक रमेश माकाजू पनि सहभागी थिए । अस्पतालको इमर्जेन्सी वार्ड सिल भएपछि यहाँ ल्याउने बिरामीलाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाउन थालिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img