सुर्खेतको, वीरेन्द्रनगरमा चैते कालो धान रोप्न सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० भवानुपुरमा मंगलबारदेखि चैते कालो धान रोप्न थालिएको हो ।रोपाइँको शुभारम्भ कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले गरेकी हुन् ।झण्डै तीन विगाहा जमिनमा यो बर्ष कालो धान रोप्ने तयारी छ ।
स्थानीय कृषक मुरारीजंग थापाका अनुसार गत बर्ष २८ कट्टा खेतमा रोपिएको धानमा ४० क्विन्टल उत्पादन भएको थियो ।जसका उनले २० क्वीन्टल चामल विक्री भएको बताए ।उनका अनुसार कालो धानको माग काठमाडौं, नेपालगन्ज लगाएका शहरहरुबाट आइरहेको छ ।थापाले भने,‘ प्रति क्वीन्टल ४० हजारका दरले कालो चामल होलसेल मूल्यमा विक्री हुन्छ।’ चामल विक्री गर्न बजारको कुनै पनि समस्या छैन । प्रति किलो पाँच सय रुपैंयाको दरमा विक्री गर्दै आइरहेको छु ।’
सुरुमा ७ लाख रुपैंया सुरु गरेको लगानी अहिले आयर २० लाख पु¥;याइ सकिएको छ ।‘कालो चामलको बाली रोग मुक्त कर्णाली’ भन्ने मुल नाराका साथ यो बाली लगाउन थालिएको हो ।धान रोपाइँको शुभारम्भ गर्दै मन्त्री केसीले कालो धान रोपाईको काम प्रदेश भर विस्तार गर्नुपर्ने बताइन् ।केसीले भनिन् ,‘कालो धान पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । कृषि क्षेत्रमा युवालाई प्रोत्साहन गर्नुपर्ने र त्यसका लागि प्रदेशसरकार सहयोग गर्ने तयार छ।’
कालो धान ‘जी–६० ब्ल्याक राइस’ उच्च पोषणयुक्त धान हो । एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता तयार गर्ने विज्ञको भनाइ छ ।