काठमाडाैँ,नेकपा (एमाले)बाट ६ महिना साधारणसदस्य समेत नरहने गरी ४ नेता निलम्वित भए पछि एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अलग हुने भएको छ । आज बैठक बस्ने त्यस पछि आजनै अलग अभियानको घोषणा गर्ने नेपाल पक्षका एक नेताले बताए ।
माधव कुमार नेपाल सहित उनी पक्षधरको स्थायी कमिटी बैठक बस्ने तयारी भएको स्रोतले जनायो । बैठकले के गर्ने भन्ने निर्णय गर्ने छ त्यस पछि एमालेबाट अलग हुने छौ उनले भने , । नेपाल पक्षले देशब्यापी पार्टी पुनर्गठनको अभियान चलाइ रहेका छन् । विहिबार कास्कीमा छुट्टै जिल्ला कमिटी गठन गरेको छ भने भोजपुर र अन्य जिल्लामा समेत कमिटी गठन गरी सकेको छ ।