spot_img

विश्वमै पहिलो पटक कोरोनाको गम्भीर बिरामीलाई जीवित व्यत्तिको फोक्सो प्रत्यारोपण

spot_img

विश्व मै पहिलो पटक कोरोनाका बिरामीलाई जीवित व्यक्तिको फोक्सो प्रत्यारोपण गरिएको छ । ​जापानको क्योटो युनिभर्सिटी अस्पतालमा विश्वकै पहिलो पटक यस तरिकाबाट कोरोनाको गम्भीर बिरामीको उपचार गरिएको हो ।जापानको कन्साइ क्षेत्रकी एक महिला कोरोना संक्रमणका कारण गम्भीर बिरामी परेका थिइन् । उनको फोक्सो पूर्णरुपमा खराब भएको थियो । ती महिलालाई बचाउनका लागि उनलाई उनका पछि र छोराले आफ्नो फोक्सोको केही भाग दान गरेका हुन् ।

क्योटो अस्पतालले पत्रकार सम्मेलन गरी गत बिहीबार यस शल्यक्रियाको बारेमा जानकारी दिएको थियो । अस्पतालले दिएका जानकारीलाई उद्धृत गर्दै विभिन्न मिडियामा आएका समाचारहरूका अनुसा गत बुधबार ११ घण्टा लामो शल्यक्रिया गरी फोक्सो प्रत्यारोपण गरिएको हो ।क्योटो युनिभर्सिटी अस्पतालको थोरेसिस सर्जरी विभागका प्रमुख ठेट हिरोसीको नेतृत्वको टिमले शल्यक्रिया गरेको हो । उनको शल्यक्रिया गर्ने टोलीमा ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए।

२०२० को अन्तिममा ती महिलालाई कोभिड–१९ को संक्रमणका कारण जटिल खालको निमोनिया देखिएको थियो ।त्यसपछि उनलाई इसिएमओ मेसिन(फोक्सो र मुटुको काम गर्न सघाउने) प्रयोग गरेर उपचार गरिएको थियो । पछि कोभिड–१९ को रिपोर्ट नेगेटिभ भआएपनि उनको फोक्सोको अधिकांश भाग काम नलाग्ने भएकाले उनलाई बचाउनका लागि फोक्सो प्रत्यारोपण आवश्यक भएको थियो ।

करिब ३ महिनामा महिला निको भएर अस्पतालबाट घर फर्कनेविश्वास चिकित्सकले गरेका छन्। अहिले फोक्सोको दान गर्ने बाबुछोरा दुवै जना अस्पतालमै स्वास्थ अवस्थामा रहेको अस्पतालले जानकार दिएकोछ ।ती महिलाका छोरा र पतिको फोक्सोको केही भाग काटेर उनकोमा राखिएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img