रूपक यात्री
डाेल्पा,जिल्ला प्रहरी कार्यलय डोल्पाले खानामा विष हालेर आफ्नै जेठानकाे ज्यानलिने ज्वाइ सहित ३ जनालाइ पक्राउ गरेकाे हाे । बिहिबार डाेल्पा प्रहरीले पत्रकार सम्मेलन गरेर घटनामा संलग्न ३ जना अभियुक्तहरूलाइ सार्वजनिक गरेकाे हाे । पक्राउ पर्नेमा डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालीका वडा नं. १ रल्लीका बर्ष ३७ का धनबहादुर बुढा, वडा नं १ गल्लीका बर्ष ३० का जयबहादुर कठायत र वडा नं १ रल्ली कै बर्ष ३५ का ओम बहादुर शाही रहेकाे जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रमुख डिएसपी नारायण रन्जीतकारले इमान्दार खवरलाइ जानकारी दिए ।

तस्वीर ः राताे मार्जिन भित्रका मृतकका ज्वाइ
के हाे घटना ?
गत जेष्ठ २ गते डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर १ स्थित रल्ली गाउँकाे जनजिवन अन्यदिन जस्तै सामान्य थियाे । सबैजना आःआफ्नै काममा व्यस्त थिए । बेलुकिपख खाना खाएर सुत्ने बेलामा गाउँमा एकाएक काेहल मच्चियाे । साेहि नगरपालिकाका स्थानिय बासीन्दा सुकलाल कुलालकाे घरमा रातकाे समयमा मच्चिएकाे हल्लाले सबैजना कुलालकाे घरमा जम्मा भए । खाना खाने वित्तिकै एकाएक सुकलाल कुलाल र उनका घरमा अन्य सदस्य रुपसी कुलाल र बिन्दु कुलाल समेत बान्ता गर्न थाले । गाउँलले खानामा विष परेकाे भन्दै नजिकैकाे स्वास्थ्यचाैकिमा लगे । तर त्यहाँपनि उपचार सम्भव नभएपछि जिल्ला अस्पताल दुनै लगियाे । लगेकाे केहि घण्टामै बर्ष ३२ का सुकलाल कुलालको मृतु भयाे भने अन्य २ जनालाइ उपचारका लागि नेपालगञ्ज लगियाे । हाल रूपसी र बिन्दु कुलाल उपचार पछि नेपालगन्ज बाट घर फर्कीसकेका छन् ।

तस्वीर ः मृतक सुकलाल कुलाल
प्रहरी अनुसन्धानबाट खुल्न आएका तथ्यहरू
घटनाकाे जानकारी पाउँनासाथ त्रिपुरासुन्दरी नगरपालिकामा रहेकाे प्रहरीचाैकीबाट प्रहरीकाे टाेलि घटनास्थलमा पुरेर अनुसन्धान सुरू गरेकाे थियाे । अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालयबाट थप टाेलि परिचालित भइ अनुसन्धानले गती लिएकाे थियाे । फलस्वरूप घटनाकाे ३ दिनपछी अर्थात जेष्ठ ५ गते प्रहरीले घटनामा संलग्न रहेकाे आशंकामा ३ जनालाइ पक्राउ गर्याे । पक्राउ परेकाहरूलाइ जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धानइ भइरहेकाे थियाे ।
-
अनुसन्धानका क्रममा अभियुक्त मध्येका एक जना धनबहादुर बुढाले सुकलाल कुलालकाे घरमा पकाएकाे दालमा विष हालेकाे स्वीकार गरे ।
-
अर्का अभियुक्त जयबहादुर कठायतले विष बनबाट ल्याएको पनि स्वीकार गरेका छन्
-
अर्का अभियुक्त ओमबहादुर शाहीले भने यस घटनामा आफु संगलग्न नरहेको बताए पनि अन्य दुई अभियुक्तहरुले भने ओम बहादुर शाहीले पैसा दिएर बिष हाल्न लगाएको बयान प्रहरी समक्ष दिएका छन् ।
-
सुकलाल कुलालकाे किन मारे ? घटनाका अन्य तथ्यबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रमुख डिएसपी नारायण रन्जीतकारकाे भनाइ छ ।
-

तस्वीर ः घटनामा प्रयाेग भएकाे विष




















