काठमाडौँ,अध्यक्ष केपी शर्मा ओलीविरुद्धको लडाईँमा रहेको नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले २३ फागुन यता मात्रै ६८ जिल्लामा समानान्तर कमिटी विस्तार गरेको छ।प्राप्त सूचना अनुसार अब मनाङ, मुस्ताङ, सोलुखुम्बु, बारा, महोत्तरीमा, ओखलढुंगा लगायत ९ जिल्लामा मात्रै यो पक्षले समानान्तर कमिटी विस्तार गर्न बाँकी छ।
यो पक्षका एक स्थायी कमिटी सदस्यका अनुसार नेकपा माओवादी केन्द्रसँग एकता गर्नुभन्दा पहिले ४२ जिल्लामा खनाल–नेपाल समूहमा रहेका नेताको नेतृत्वको कमिटी छन्।यो पक्षले आफू नेतृत्वको पुरानो कमिटीलाई यथावत राखी अन्य जिल्लामा उपाध्यक्ष, सचिव र सहसचिवसमेतको नेतृत्वका समानान्तर जिल्ला कमिटी विस्तार गरेको छ।