spot_img

दोलखाको विगुमा जिप दुर्घटना हुँदा चारको मृत्यु, १७ घाइते

spot_img

दोलखाको, विगु गाउँपालिका स्थित लादुकमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । तातोपानी कुण्डको दर्शन गरेर फर्किएको बागमती प्रदेश–०३–२३च७५८० नम्बरको योद्धा कम्पनीको जिप गएराति करिब १० बजे विगु गाउँपालिका वडा नम्बर ४ स्थित चारगोलाईमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय चण्डीका थापा, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र ३५ वर्षीय विनोद केसी रहेका छन् । तीन जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा सिंगटी स्थित रोल्वालिंग अस्पतालमा मृत्यु भएको दोलखाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजालले जानकारी दिए ।प्रहरीका अनुसार उक्त गाडीमा २२ जना यात्रु सवार थिए । जसमध्ये ४ जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् । एक जना बालकको अवस्था सामान्य रहेकाले घर पठाईएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर छ । अन्यको अवस्था मध्यम रहेको दोलखाका प्रहरी प्रमुख रिजालको भनाई छ ।

दुर्घटना भएलगत्तै दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रि तिवारी र दोलखाका प्रहरी प्रमुख भेषराज रिजाल घटनास्थलमा खटिएका थिए । स्थानीय जनप्रतिनिधि र स्थानीयको सहयोगमा प्रहरीले घाइतेहरुलाई तत्काल उद्धार गर्न सफल भएको थियो ।१० जना घाइतेहरुलाई काठमाडौं रिफर गरिएको र अन्यको सदरमुकाम चरिकोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिंगटीबाट घर फर्किनेहरु चढ्दा यात्रुको संख्या बढेको बताईएको छ । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र राखिएको छ । जिप सडकबाट झण्डै २ सय मिटर तल खसेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img