काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर पछिल्लो राजनीतिक,आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशबासीलाई सम्बोधन गर्ने भएका छन्।ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट २०७८ बैशाख १ गते नयाँ बर्षका दिन विहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने भएका हुन्।जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हाँसिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ।