काठमाडाैँ,बाला त्रिपुरासुन्दरी कला संस्कृती समाज डाेल्पाले काठमाडाैँमा आयाेजना गरेकाे जिल्ला स्तरीय फुटसल प्रतियाेगिताकाे उपाधी टिम काइकेले जितेकाे छ ।
बुधबार भएकाे फाइनल खेलमा डाेल्पाे एफसीलाइ १ सुन्यले पराजित गर्दै टिम काइकेले उपाधी उचाल्न सफल भयाे । डाेल्पाे एफसी भने उपबिजेतामा सिमित भयाे ।दुनै भ्याली क्लव भने तेस्राे स्थानमै सिमित भयाे ।
नयाँ वर्ष २०७८ सालकाे शुभकामना आदा प्रदान तथा जिल्ला स्तरीय फुटसल प्रतियाेगिता २८ गते देखि काठमाडाैँमा शुरू भएकाे थियाे । प्रतियाेगिताका प्रमुख अतिथि नाराक डाेल्पाे टुल्कु रिम्पाेचे,विशेष अतिथि प्रमुख सेनानी विश्ववन्धु पहाडी,विशेष अतिथि सुकुम्वासी अायाेग डाेल्पाका अध्यक्ष धनचन्द्र बैजी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
यस्तै महिला तर्फकाे उपाधि भने जगदुल्लाले उचाल्न सफल भयाे । डाेल्पाे एफसी महिला टाेलि उपविजेतामा सिमित भयाे । प्रतियाेगितामा १५ पुरूष टीमकाे सहभागिता र ३ महिला टाेलिकाे सहभागिताका रहेकाे छ । प्रतियाेगिता हेर्न डाेल्पाबासीकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । प्रतियाेगिता भव्य र सभ्य रूपमा सम्पन्न भएकाे समाजका अध्यक्ष देविसर बुढाले जानकारी दिए ।
![]()

![]()
![]()

![]()

![]()

















