काठमाडाैँ,बाला त्रिपुरासुन्दरी कला संस्कृती समाज डाेल्पाले काठमाडाैँमा आयाेजना गरेकाे जिल्ला स्तरीय फुटसल प्रतियाेगिताकाे उपाधी टिम काइकेले जितेकाे छ ।
बुधबार भएकाे फाइनल खेलमा डाेल्पाे एफसीलाइ १ सुन्यले पराजित गर्दै टिम काइकेले उपाधी उचाल्न सफल भयाे । डाेल्पाे एफसी भने उपबिजेतामा सिमित भयाे ।दुनै भ्याली क्लव भने तेस्राे स्थानमै सिमित भयाे ।
नयाँ वर्ष २०७८ सालकाे शुभकामना आदा प्रदान तथा जिल्ला स्तरीय फुटसल प्रतियाेगिता २८ गते देखि काठमाडाैँमा शुरू भएकाे थियाे । प्रतियाेगिताका प्रमुख अतिथि नाराक डाेल्पाे टुल्कु रिम्पाेचे,विशेष अतिथि प्रमुख सेनानी विश्ववन्धु पहाडी,विशेष अतिथि सुकुम्वासी आयाेग डाेल्पाका अध्यक्ष धनचन्द्र बैजी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
प्रमुख अतिथि नाराक डाेल्पाे टुल्कु रिम्पाेचेले बेला बेला हुने यस्ता प्रतियाेगिताले डाेल्पाकाे खेलकुद क्षेत्रकाे ठुलाे सहयाेग पुग्ने बताउँदै निकट भविष्यमा डाेल्पाले पनि खेल क्षेत्रमा फड्काे मार्ने आसा व्यक्त गर्नुभयाे ।
यस्तै विशेष अतिथि तथा नेपाली सेनाका प्रमुख सेनानी विश्ववन्धु पहाडीले आफू डाेल्पामा नभए पनि आफ्नाे डाेल्पा प्रतिकाे प्रेम र डाेल्पाली प्रतिकाे संद्भाव प्रगाढ रहेकाे बताउँनु भयाे । काठमाडाैँमा भएकाे ठुलाे सभ्य र भव्य कार्यक्रम हुनु निकै उत्साहकाे विषय भएकाे बताउँदै डाेल्पालीले गर्ने हरेक सकात्मक काममा आफूसाथै रहेकाे समेत प्रस्ट पार्नुभयाे । नेपाली सेना अन्तर्गतकाे निमार्ण कार्यदलमा रहेका बेला प्रमुख सेनानी पहाडीकाे नेतृत्वमा डाेल्पा सदरमुकाम दुनैँसम्म माेटरबाटाे पुग्न सफल भएकाे थियाे । त्याे सँगै डाेल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा भएकाे थियाे ।
यस्तै महिला तर्फकाे उपाधि भने जगदुल्लाले उचाल्न सफल भयाे । डाेल्पाे एफसी महिला टाेलि उपविजेतामा सिमित भयाे । प्रतियाेगितामा १५ पुरूष टीमकाे सहभागिता र ३ महिला टाेलिकाे सहभागिताका रहेकाे छ । प्रतियाेगिता हेर्न डाेल्पाबासीकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । प्रतियाेगिता भव्य र सभ्य रूपमा सम्पन्न भएकाे समाजका अध्यक्ष देविसर बुढाले जानकारी दिए ।
![]()

![]()
![]()

![]()

![]()

















