spot_img

बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन ः देउवा

spot_img

काठमाडाैँ,कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै देउवाले अहिले पनि बहुमतकै सरकार भएकाले विपक्षी दलले प्रधानमन्त्रीमा दाबी गर्न नमिल्ने बताए ।कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बने पछि नहट्ने उनको भनाइ छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने उनको भनाइ छ ।

उनले भने, ‘प्रचण्डजीहरूले समर्थन फिर्ता लिनुभएको छैन । त्यसमानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको वेलामा हामीले अरू कुनै कुरा सोच्ने छैन । त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ । बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन । हामी प्रधानमन्त्री पदका लागि लालायित छैनौँ । तर, राजनीतिक परिस्थितिबाट यदि भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि हट्दैनौँ ।’देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए । सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास देउवाको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img