spot_img

पार्टीमा ओलीको दस्ताबेज – यो प्रतिनिधिसभा लामो समय रहनु उचित हुँदैन

spot_img

काठमाडाैँ,संसद् अधिवेशन हठात् अन्त्य गरेका प्रधानमन्त्री केपी ओलीले सोमबार पार्टीभित्र पेस गरेको राजनीतिक प्रतिवेदनमा अहिलेको संसद् लामो समय रहन नहुने तर्क प्रस्तुत गरेका छन् । यो प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्ने उनको दाबी छ ।‘प्रतिनिधिसभाको वर्तमान संरचना सरकारलाई असहयोग गर्न र यसलाई सहज ढंगले चल्न नदिन पर्याप्त छ । तर, वैकल्पिक सरकार दिन र देश र जनताको हितमा काम गर्न दिन प्रतिनिधिसभा सक्षम देखिएको छैन । यस्तो स्थिति लामो समयसम्म रहिरहनु उचित हुँदैन,’ ओलीको प्रतिवेदनमा छ ।

उनले कांग्रेसले राजनीतिलाई अन्योलग्रस्त बनाइरहेको आरोप लगाएका छन् । ‘संसद्मा मुख्य विपक्षी नेपाली कांग्रेस यतिवेला अन्योलबाट गुज्रिरहेको छ । नेकपा विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आकलन गरिरहेको यो पार्टी नयाँ निर्वाचनको पक्षमा भने उभिन सकेको छैन,’ ओलीको प्रतिवेदनमा छ, ‘निरन्तर प्रयास गरे पनि उसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पनि सकिरहेको छैन । नेपाली कांग्रेसको यस्तो द्विविधा र कांग्रेसभित्र गुटैपिच्छेको भिन्नाभिन्नै मतले राजनीतिलाई अन्योलग्रस्त बनाइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img