spot_img

पूर्व सांसद राजीव विक्रम शाहले गरे कर्णाली प्रदेशलाइ १ कराेड बराबरकाे स्वास्थ्य सामग्री हस्तान्तरण

spot_img

सुर्खेत,पूर्व सांसद राजीव विक्रम शाहले गरे कर्णाली प्रदेशलाइ १ कराेड बराबरकाे स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कुमारी ट्रष्टका अध्यक्ष समेत रहेका  शाहद्वारा प्रदेश अस्पत्ताल सुर्खेत र कर्णाली प्रदेश अन्तरगत १० वटै जिल्लाका जिल्ला अस्पत्तालहरुलाई प्रदान गरिएको १ करोड वरावरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै समाजसेवि शाहले निर्वाचनमा पराजय व्यहोरे पनि कर्णाली प्रदेशकाेे विकास र समृद्धिका लागि आफू पछि कहिल्यै नहट्ने बताए।

यस्तै कर्णालीका आठवटा जिल्ला अस्पताललाई समेत उनले तत्काल आवाश्यक पर्ने सामग्री पठाएका छन् । प्रदेश अस्पताल सुर्खेतमा पाँचवटा आइसीयु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटरलगायत ८० लाख बराबरको उनले स्वास्थ्य उपकरण सहयोग गरेका हुन् । प्रदेशका अन्य जिल्ला अस्पताललाई करिब तीन लाख बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराए । यो निजी क्षेत्रबाट कर्णालीमा भएको हालसम्मकै सबैभन्दा ठूलो सहयोग हो ।

उनको सहयोगमा कर्णालीका हुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिम जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, इसिजी मेसिन, प्यासेन्ट ट्रली, नेपुलाइजरलगायतका स्वास्थ्य सामग्री दिइएको छ ।

स्वर्गीय प्रभाकर शमशेरकी छोरी माया राणाको सहयोगमा कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेश अस्पताल र जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरिएको ट्रष्टका अध्यक्ष समेत रहेका शाहले बताए । ‘हामीले कर्णालीका नागरिकलाई कसरी स्वास्थ्य सेवाको पहुँच दिन सकिन्छ भन्ने सोचेर सहयोग गरेका हौं,’ उनले भने, ‘कर्णालीमा रोगसँग लड्न निकै चुनौती छ । भौगोलिक विकटता, स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभावले यहाँ महामारी फैलनसक्ने अवस्था छ ।’

यता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्व सांसद तथा सामाजसेवी शाहले प्रदान गरेको स्वास्थ्य सामग्रीले कर्णालीमा कोरोनासँग लड्न थप सहयोग पुगेको बताए । ‘हामी सबै कोरोनाविरुद्धको लडाँइमा छौं, उनले भने, ‘त्यसैले लडाँइ जित्न कर्णालीका स्वास्थ्य पूर्वाधार विकाससमा जोड दिनेछौं ।’

हाल कर्णालीमा भारतबाट दैलेख आएका एक युवामा कोरोना संक्रमण देखिएका छ। भारतबाट २० हजार नागरिकको प्रदेश सकारले उद्धार गर्ने रणनीति बनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img