spot_img

बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा नेता हाँस्थे

spot_img

काठमाडौं,भारतीय सीमा अतिक्रमणविरुद्ध जनता जगाउँदै उनी मेची–काली हिँडे, कालापानी के हो भन्ने नेता र कर्मचारीलाई प्रशिक्षित गर्न जुटे।

नेपालको दाबी बलियो बनाउन नक्सा खोज्दै चीन, बेलायत र अमेरिका पुगे । अन्ततः महाकाली शिर लिम्पियाधुरा समेटेर नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि सीमाविद् बुद्धिनारायण श्रेष्ठको मनमा सीमाहीन खुसी छाएको छ ।

नापी विभागको महानिर्देशकबाट ०४९ मा निवृत्त भए पनि बुद्धिनारायण देशको सेवाबाट निवृत्त भएनन् । उनले नेपाल सरकारको नियुक्तिको आस गरेनन्, एनजिओ–आइएनजिओको ‘कन्सल्ट्यान्ट’ भएनन् । स्वयंसेवी अभियन्ता बनेर अतिक्रमित क्षेत्रको भ्रमण गरे ।

चीन, बेलायत र अमेरिकाबाट ऐतिहासिक नक्सा संकलन गरेपछि उनले लिम्पियाधुरा समेटिएको नक्सा कोरेर किताबमा प्रकाशित पनि गरेका थिए । बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ।

नापी विभागको महानिर्देशक हुँदा नेपाल–भारत संयुक्त प्राविधिक सीमा समितिको १३औँ र १४औँ बैठकमा नेपालको नेतृत्व बुद्धिनारायणले गरेका थिए । आफूमातहतको कार्यसमूहमा कालापानीको नक्सामा विवाद भएको सम्झिन्छन् उनी।

‘कार्यसमूहमा नेपालले लिम्पियाधुराबाट बग्ने नदीलाई काली नदी मान्नुपर्ने तथ्य प्रमाण पेस ग¥यो, भारतले लिपुलेकबाट आएको खोलालाई काली नदी भनेर नेपाली भूमिमा आफ्नो दाबी दोहोर्यायो,’ उनी भन्छन्, ‘नेपालले सन् १८२७ र १८५६ को नक्सा पेस गर्यो, जसमा काली नदी लिम्पियाधुराबाट निस्किएको देखिन्छ । तर, भारतले १८७९ को नक्सा देखाएर लिपुलेकसम्म आफ्नो दाबी प्रस्तुत गर्यो, त्यसैले सहमति हुन सकेन।’

तत्कालीन सरकारले कालापानीको विषयलाई महत्वपूर्ण एजेन्डाका रूपमा प्रस्तुत गर्ने कार्यादेश दिएको थिएन । त्यसैले कालापानी मुद्दा लामो समयसम्म छायामा पर्यो । तर, नापी विभागबाट अवकाश पाएपछि बुद्धिनारायण सरकारी ढर्राबाट पनि स्वतन्त्र भएका थिए । उनले आफैँ भूमिचित्र नाप–नक्सा कम्पनी स्थापना गरे।

त्यहीँबाट उनी नापीसम्बन्धी महासंघको कार्यक्रममा सहभागी हुन लन्डन जाने मौका पाए । सन् १९९८ जुलाई १९ देखि अगस्ट २१ सम्म लन्डन रहँदा श्रेष्ठले सहर–बजार घुम्ने र सपिङ गर्ने समयलाई ब्रिटिस लाइब्रेरी गएर अध्ययनमा सदुपयोग गरे।

विशाल लाइब्रेरीमा कैयौँ दिन लगाए, अन्ततः उनले सन् १८५६ अप्रिल २४ मा सर्भे अफ इन्डियाले जारी गरेको नक्सा फेला पारे । सो नक्सामा लिम्पियाधुराबाट निस्किएको नदीलाई रिभर काली भनिएको छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img