डाेल्पा,डाेल्पाकाे मुड्केचुला गाउँपालिकामा पछिल्लाे समय कांग्रेस र एमाले छाेडेर नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेकाे लहर नै चलेकाे छ । बैशाख महिनामा मात्र सयाैँ नेता कार्यकर्ता माओवादी प्रवेश गरेका छन् । गाउँपालिका अन्तर्गत पर्ने वडा नम्बर ९ होर्त गाउँमा २०७८ साल बैशाख ५ गते माओवादी केन्द्र मुड्केचुलाले गरेको आयोजनामा वडा स्तरीय पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा २०७४ सालको निर्वाचनमा निर्वाचित ने.क.पा.एमालेका 9 नम्बर वडाका सदस्य लालजीत बुढा सहित नेपाली काङ्ग्रेस पार्टीका वडा सभापति भैरब बुढा ,कर्ण बुढा लगायत दुवै पार्टीबाट ८६ जना माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे गाउँपालिका अध्यक्ष दत्तवहादुर शाहीले जानकारी दिनुभयाे ।
यस्तै मुड्केचुला गाउँपालिका अन्तर्गत ८ नम्बर वडा स्तरीय पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा ओक्ट गाउँमा नेकपा एमाले र नेपाली काङ्ग्रेस पार्टीबाट ५७ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
डाेल्पाकाे मुड्केचुला गाउँपालिका वडा नम्वर ५ सुर गाउँका २३ जना पूर्व नेकपा एमाले पार्टीका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रबेश गरेका छन् । शनिबार एक कार्यक्रमका बिच साेहि वडाका वडा कमिटी अध्यक्ष प्रेम वहादुर शाहीको अध्यक्षता, गाउपालिका पार्टी कमिटी सचिब कृति बुढाको प्रमुख अतिथ्य र गाउँपालिका अध्यक्ष दत्त वहादुर शाहीले पार्टीमा प्रवेश गराएका थिए ।

पूर्व नेकपा एमाले पार्टीका नेता इच्छ बहादुर शाही ,राम बहादुर शाही र बालकृष्ण शाहि लगाएत २३ जनाकाे सिँगाे गाउँनै माओवादी केन्द्रमा प्रबेश गरेकाे मुड्केचुला गाउँपालिका अध्यक्ष दत्त वहादुर शाहीले जानकारी दिनुभयाे । माओवादी केन्द्रबाटै गाउँपालिका अध्यक्ष जितेका शाहीले अव गाउँपालिकामा माओवादी केन्द्रकाे पकड बलियाे भएकाे दावी समेत गर्नुभयाे ।