काठमाडौँ,उज्यालो नेटवर्क डटकमका उपसम्पादक अनिश तामाङ पक्राउ परेका छन। नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा घेराउ हालेर बल प्रयोगगरेको हो । क्यमरा र मोबाइल समेत खोसेको छ । डेक्समा काम गरिरहेका उज्यालो नेटवर्कका देशका सम्पादक विवेक लोप्चनको मोबाइल खोसेको छ ।
डिएसपी बि सुवेदिको टोलिले उक्त कार्य गरेको हो । उज्यालो नेटवर्कले केहीसमय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्माओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्रकाशन गरेको थियो । प्रेसकाउन्सिल नेपालले मागेको २४ घण्डे स्पष्टीकरणमा उज्यालो नेटवर्कलेअसावधानीबस समाचार प्रकाशन भएको भनी क्षमा मागिसकेको छ ।उच्च अदालतअले सरकारलाईपत्रकारलाईसमाचार लेखेकाइ भरमा पक्राउ नगर्नुभन्ने आदेश दिसकेको छ ।