spot_img

एमाले बैठकमा अविश्वासको प्रस्ताव र फ्लोर क्रसबारे छलफल

spot_img

काठमाडाैँ, प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको सत्तारुढ एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा अविश्वासको प्रस्ताव र फ्लोर क्रसबारे छलफल भएको छ । विपक्षी दलहरूबाट दर्ता अविश्वासको प्रस्ताव र आफ्नै दलबाट हुन सक्ने फ्लोर क्रसबारे बैठकमा छलफल भएको हो ।

परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको र कर्णालीको जस्तै फ्लोर क्रस गराउने प्रयास भइरहेको भन्दै त्यसबारेमा आवश्यक जानकारी लिइरहेको बताए । नेताहरूलाई सोधिएको स्पष्टीकरणको सम्बन्धमा उपयुक्त समयमा निर्णय गरिने पनि उनले बताए ।

बैठकपछि उनले भने, ‘त्यसको (अविश्वासको प्रस्ताव र फ्लोर क्रस)बारेमा पनि अलिकति जानकारी गराउनुभयो प्रधानमन्त्रीले । अस्ति नै बैठकले त्यसबारेमा छलफल गरेर प्रस्ताव तयार गर्न स्थायी कमिटीलाई भनेको हुनाले आवश्यक निर्णय आगामी दिनमा हुँदै जानेछन् । अलिकति स्थितिको हामीले समीक्षा ग¥यौँ । अहिले अविश्वासको प्रस्ताव त्याउने कोसिसहरू पनि भइरहेको छ ।

प्रतिपक्षले ल्याउने कुरा त धेरै ठूलो कुरा भएन । तर, कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउन पनि प्रयास हुँदै गरेका त्यस्ता प्रयास पनि छन्, तिनीहरूको बारेमा हामीले आवश्यक जानकारी लिइरहेका छौँ, आवश्यक निर्णयहरू पछाडि उपयुक्त समयमा गरिनेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img