spot_img

आर्थिक अनियमितता गर्ने अफिसरलाइ कारबाहिकाे डण्डा बर्साउँदै सेना

spot_img

आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाका एक जर्नेल र एक कर्नेल सैनिक हिरासतमा परेका छन्। सैनिक उच्च स्रोतका अनुसार सहायक रथी प्रयोगजंग राणा(ब्रिगेडियर जनरल)र महासेनानी(कर्नेल) नवीन सिलवाललाई सैनिक प्रहरीले हिरासतमा लिएको हो।

सहायक रथी राणा र महासेनानी सिलवाल दुवैलाई वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा रहँदा आर्थिक अनियमितता गरेको आरोप लागेको हो। तालिम केन्द्रमा संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ जानुअघि प्रशिक्षण गराउने गरिन्छ।

’दुवै जनालाई आर्थिक अनियमितताको आरोप लागेकाले छानबिन भइरहेको छ,’स्रोतले भन्यो,’तीन दिनदेखि उनीहरू सैनिक प्रहरीको हिरासतमा रहेका छन्। आरोप लागेका अरूमाथि पनि छानबिन भइरहेको छ।’ सहायक रथी राणा अहिले सैनिक कल्याणकारी निर्देशनालयका प्रमुखमा कार्यरत छन् भने महासेनानी सिलवाल पनि निर्देशनालयमै छन्।

यसअघि जेठ ६ गते सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा भएको आर्थिक अनियमितताको आरोपमा एक कर्नेललाई सेनाबाट बर्खास्त र दुई महिना जेल सजाय सुनाएको थियो। उनीबाट झण्डै २ करोड असुल उपर गर्ने फेसला भएको थियो। उनीसँगै तीन जना अधिकृत र अन्य दर्जाका दुई जनालाई असुल उपर र अन्य कारबाही भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img