spot_img

नेकपाबाट निर्वाचित सांसद विमलाले रोजिन् माओवादी केन्द्र, लुम्बिनीमा एमालेको एकल बहुमत गुम्यो

spot_img

काठमाडाैँ, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेश सभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेको एकल बहुमत गुमेको छ । सर्वोच्चले नेकपा खारेज गरेको अवस्थामा उपनिर्वाचनमा दाङ ३ (ख)बाट निर्वाचित वलीले माओवादी केन्द्र रोजेकी हुन् ।

एमाले संसदीय दलका नेता शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएर एकल बहुमतको सरकार गठनको तयारी गरिरहेको बेला वलीले माओवादी केन्द्र रोजेकी हुन् । माओवादी केन्द्रले वलीले पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई गराइसकेको छ ।

वली स्वर्गीय प्रदेश सभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि रिक्त रहेको स्थानमा विमला निर्वाचित भएकी हुन् ।८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ४० सांसद भएका छन् । माओवादीका भने सभामुखसहित १९ सांसद भएका छन् । प्रदेश सभामा कांग्रेसका १९, जसपाका दुई र जनमोर्चाका एक सांसद छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img