spot_img

डाेल्पाकाे माझफाल गाउँमा दुइ समुहविच झडपःभष्ट्राचारकाे विषयमा आवाज उठाउँदा युवाहरू कुटिए

spot_img

डाेल्पा,ठुलिभेरि नगर पालिका वडा ५ माझपाल गाउँमा दुइसमुहविच झडप भएकाे छ । शनिबार साझ राेलाघाट खाेला लघु जलविद्युत आयाेजनाका विषयलाइ लिएर दुइ याेजनाकाे समिति र स्थानिय समुहविच झडप भएकाे हाे । याेजना समितिका अध्यक्ष धर्मे राेकाया,सचिव धनवहादुर बाेहरा र अध्यक्षका भाइ देविलाल र हिर राेकायाकाे आक्रमणबाट युवा अभियन्ता,लेखक तथा युवा राजनीतिज्ञ प्रेमबहादुर बाेहरा लगाएतका स्थानियलाइ कुटपिट गरेका थिए ।

स्थानिय हरी बाेहराका अनुसार वडा न. ५ का अध्यक्ष कर्णावहादुर राेकायाले उक्त याेजनाकाे समिति हरुलाई पुल बनाएर nccsp काे २३ लाख र कर्णाली उज्यालाे कार्यक्रमकाे ४१,९९,५८२ गरि जम्मा ६४,९९,५८२ काे जम्मा ४०,००,००० लाखमा ठेक्का दिएकाे बहाना बनाएर बाँकि रकम आफुले झ्वाम पार्ने याेजना बनाईरहेका थिए उक्त याेजना असफल भएपछि एका एक केटा लगाएर ज्यानमार्ने गरि ढुङगाले हान्न पठाएकाे उनकाे आराेप छ । जनताका लागि आवाज उठाउँदा वडा अध्यक्ष प्रेम बहादुर बाेहाेरा लगाएत अन्य युवालाइ सक्त घाईते बनाउने गरी कुटपिट गरेकाे उनकाे भनाइ छ । 

घटनाका विषयमा पिडीत पक्ष जाँदा प्रहरीले उजुरी लिन नमानेकाे पीडितकाे गुनासाे छ । आक्रमणकारीहरू खुल्लम खुल्ला बजारमा हिडिरहदा समेत प्रशासन मुख दर्शक बनेकाे हरी बुढाकाे भनाइ छ । प्रहरीकै अगाडी यहाँकाे राजा हुँ भन्दै वडा अध्यक्षले प्रेम बाेहाेरा लगाएतलाइ ज्यान मार्ने धम्की दिएकाे समेत हरी बाेहराकाे आराेप छ ।

उता वडाअध्यक्ष कर्णवहादुर राेकाया भने घटना हुने बेला आफू घटनास्थलमा नभएकाे र घटनाबारे समेत केहि नभएकाे दावी गर्छन् । दुइ समुहविच एकाएक झडप भएकाे रहेछ,प्रहरी आफु त्यहाँ पुग्दा दुवै पक्षका युवाहरू घाइते अवस्था देखेकाे दावी गरे । उक्त याेजनामा आफ्नाे कुनै लेनदेन नभएकाे उनकाे दावी छ ।

 

Comment
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img