spot_img

कोरोना अपडेट मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार नाघ्यो, ५४ लाख ९४ हजार संक्रमित

spot_img

काठमाडौं, विश्वभर कोरोना भाइस संक्रमणबाट जीवन गुमाउनेको संख्या आइतबार बिहानसम्म ३ लाख ४६ हजार ४ सय ३४ पुगेको छ ।
विश्वमा अहिलेसम्म ५४ लाख ९४ हजार ४ सय ५८ जनालाई कोरोना लागिसकेको छ । त्यसमध्ये २२ लाख ९९ हजार ३ सय ४५ जनाले भने कोरानालाई जित्न सफल भएका छन् । २८ लाख ४८ हजार ६ सय ७९ जना अझै कोरोनाविरुद्ध संघर्ष गरिरकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाको कारण अन्य मुलुकको तुलनामा विश्वकै शक्तिशाली राष्ट मानिएको अमेरिकामा धेरैले जीवन गुमाएका छन् । करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६ सय १७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९ हजार ३०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १६ लाख ८५ हजार १६७ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४ लाख ५१ हजार ५८४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ३४ हजार २९७ जनामध्ये १७ हजार १३५ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, कोरोना भाइरसको महामारीले ब्राजिलमा २२ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७०३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २२ हजार ७१६ पुगेको छ । एकै दिन १६ हजार २२० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ६३ हजार ६१८ पुगेको छ । १ लाख ९० हजार ९९१ जनाको उपचार भइरहेको छ भने १ लाख ४९ हजार ९११ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । एकै दिन थप ७ हजार ११३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ३८ हजार ५३६ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १५६ जनाको मृत्यु भएको छ । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img