spot_img

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

spot_img

काठमाडौं, बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिक कलेजमा दुई जना र भेरी अस्पतालमा एकजना गरी तीन जनाको मृत्यु भएको हो ।नेपालगञ्ज मेडिकल कलेजमा बाँकेको कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–५ की ३३ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।

६० वर्षीय पुरुषमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएकै दिन अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा सोमबार बिहान १ बजे मृत्यु भएको हो ।स्वास्थ्यमा समस्या आएपछि वैशाख १६ गते अस्पताल भर्ना भएकी ३३ वर्षीया महिलामा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको ओलीले बताए ।

खजुरा गाउँपालिका–७ बाँकेकी ३२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ९ः३० बजे मृत्यु भएको ओलीले बताए । वैशाख १० गते गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो ।यसअघि सोमबार बिहान मात्रै कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो भने आइतबार राति एकजनाको मृत्यु भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img