spot_img

गण्डकी प्रदेशसभा सञ्चालनका विषयमा सहमति जुटेन

spot_img

 पोखरा,  गण्डकी प्रदेशमा प्रदेशसभा सञ्चालनका विषयमा सभामुख र शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।सोमबार बसेको कार्र्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा सञ्चालनको विषयमा सहमति नभएपछि शीर्ष तहमा छलफल हुन लागेको हो ।गत वैशाख १५ गते मुख्यमन्त्र पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि प्रदेशसभा स्थगित गरेपछि सदन सञ्चालनका विषयमा सरकार र संसदबीच द्वन्द्व बढेको छ ।

मुख्यमन्त्रीको अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि सभामुख अधिकारीले प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरेका थिए ।सोमबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव छलफलमा गइसकेपछि सभामुखले पद्येशसभा स्थगित गर्न नमिल्ने भन्दै त्यसको कानुनी आधार पुष्टि नगरेसम्म संसद चल्न नसक्ने बताए ।सभामुख नेत्रनाथ अधिकारीले भने राष्ट्रिय जनमोर्चाले आफ्नो सांसद खोजीका लागि निवेदन दिएकाले संसद स्थगित गर्नैपर्ने अवस्था रहेको बताएका थिए ।

बैठकमा विपक्षी दलहरु नेपाली कांग्रेसका कुमार खड्का, नेकपा माओवादी केन्द्रका रामजी बराल र जनता समाजवादी पार्टीका हरिशरण आचार्यले संसद सञ्चालनको बाटो खोज्नुपर्ने धारणा राखेका थिए ।बैठकमा सहमति जुट्न नसकेपछि प्रदेशसभामा सहभागी सबै दलका शीर्ष नेता, मुख्यमन्त्री र सभामुखसहितको बैठक बस्ने एक सांसदले जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img